माओवादी सम्वद्ध मजदुर युनियनले द हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको बजार व्यवस्थापन संस्था आक्पा नेपालका कर्मचारीलाई गम्भीर परिणाम भोग्नुपर्ने भनी दिएको चेतावनी र वाइसीएलका भक्तपुर अध्यक्ष दीपशिखाले कान्तिपुरमा आक्रमण गर्ने भनी सार्वजनिक रुपमा दिइएको चेतावनीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...
» प्रतिकृया
संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुनले नेपालमा समाधान गर्न बाँकी भएका राजनीतिक चुनौतीहरूले अझै पनि निर्वाचनको समयतालिकालाई नकारात्मक असर पार्न सक्ने भन्दै तिनलाई कम आँक्न नहुने बताउनुभएको छ। नेपालले आफनो शान्ति प्रक्रियामा सहयोग पुर्याउन राष्ट्रसंघलाई गरेको अनुरोध सम्बन्धमा महासचिव बानले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा चैतमा...
बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरूका महासङ्घ र बालअधिकार निगरानी समूहले संयुक्तरूपमा नेकपा (माओवादी)को लडाकु रहेका अस्थायी शिविरमा राखिएका बालबालिकाको तत्काल रिहाई र पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन्...
प्रहरीले गएराति सिराहबाट दोस्रो जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विष्फोट सिंहसहित पाँच जनालाई पक्राउ गरेको छ। लाहानको एक होटलमा सुतिरहेका बेला उनलाई सुराकीको आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेका अन्यको परिचय खुल्न सकेको छैन । उनीहरुले प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ...
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालको आन्तरिक र वह्य राष्ट्रियतामाथि प्रतिक्रियावादी र साम्राज्यवदीहरूले निरन्तर आक्रमण गरिहहने हो भने देशमा राष्ट्रिय युद्ध हुने चेतावनी दिएका छन् । नेपालको आन्तरिक र वाह्य राष्ट्रियतामाथि अहिले निरन्तर आक्रमण भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वाइसियलले भर्खरै सम्पन्न गरेको मेची-महाकाली युवा मार्च अभियानले...
नेकपा माओवादीले तीन नयाँ अनुहारसहित सात सदस्यीय टोली पुनः सरकारमा पठाएको छ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी तर्फबाट मन्त्रीमण्डलमा सिफारिस गरिएका नेताहरूको नामावली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शनिबार बुझाएका छन् । आज बिहान प्रधानमन्त्रीलाई दिइएको नाममा चार जना पहिले नै मन्त्री भइसकेकाहरु छन्...
गृहमन्त्री कृष्ण सिटौलाले अन्तरिम संविधानको तेस्रो संशोधन विधेयक पारित भएपछि राजसंस्थाको आयु सकिएको टिप्पणी गरेका छन् । विधानसभाको चुनाव नहुन्जेल राजसंस्थाले खाइपाई आएको भत्तालगायतका सुविधा पाए पनि त्यसपछि राजतन्त्र नरहने निश्चित भएको उनले बताए...
भेरी नदी किनारमा मेला हेर्न आएका करिब पा“च सय र्सवसाधारणले खचाखच झोलुंगे पुल मंगलबार खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बढी भारले एकातर्फो खम्बा भा“च्चिएकाले र्सवसाधारण पुलसहित नदीमा खसेका थिए । खसेकामध्ये ७० भन्दा बढी बेपत्ता छन् । बेपत्ता भएकामा अधिकांश बालबालिका र महिला छन् । करिब ६० जनालाई स्थानीयवासीले बाहिर निकालेका थिए । भेरी नदीको दुवै किनारामा लाग्ने सुवाघाट मेला हेर्न आएका र्सवसाधारण कोचाकोच आउजाउ गरिरहेका बेला दिउ“सो पौने २ बजे पुलको उत्तरतर्फो दुवै खम्बा भा“च्चिएको थियो...
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अब चैतभित्र संविधानसभाको निर्वाचन हुने बताउँदै सात दलबीच भएको पछिल्लो सहमतिबाट जनतामा पार्टी प्रति विश्वास बढाएको बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले मङ्गलबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो- "विगतमा जनताको बीचमा पार्टी प्रति विश्वास हराउँदै गएको थियो तर पछिल्लो सहमतिले त्यसको अन्त्य गरी उनीहरूप्रति यो विश्वास बढाएको छ...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले विदेशीको इशारामा सातदल मुलुक टुक्राउन लागि परेको आरोप लगाउनु भएको छ । सातदलले अधिनायकवाद लाद्न खोजेको टिप्पणी गर्दै केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाले मुलुक टुक्राउने भएकाले त्यसको जिम्मा जनतालाई दिनुपर्ने उल्लेख गर्नुभयो...