जुनसुकै चीजको विकासका आफ्ना चरणहरु हुन्छन्। जसरि एकजना सामान्य अवस्थाको मानिसले जन्मे पछि शैशवकाल, किशोवस्था, युवावस्था, प्रौढावस्था पार गर्दै अन्ततः वृद्धावस्थामा पुगेर मृत्यु प्राप्त गर्नु पर्छ, त्यसरि नै मानव समाजले पनि विकासका आफ्ना विभिन्न चरण अथवा युगहरु पार गर्नु पर्छ। विश्व मानव समाज आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पूँजीवादी युग हुँदै आजको साम्राज्यवादी युगमा आइपुगेको हो...
» प्रतिकृया
मासिक ११ हजार ६ सय ६६ रुपैयाँ आम्दानी गर्ने परिवारले अब आयकर तिर्नुपर्ने छैन । अविवाहित हुनुहुन्छ भने मासिक ९ हजार ५ सय ८३ रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्दैन । आर्थिक वर्ष २०६४/६५ को बजेटले आयकर छुटको सीमा बढाएको हो । बजेटले कर छुटको सीमा एकल व्यक्तिलाई १ लाख १५ हजार र दम्पतीलाई १ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । साविकमा यो क्रमशः १ लाख र १ लाख १५ हजार थियो । योभन्दा बढी आम्दानी गर्नेलाई दसैं पेस्कीलगायत अन्य सुविधामा आयकर लाग्नेछ । सरकारले दुई वर्षपछि आयकर सीमा बढाएको हो...
अर्थ मन्त्रालयले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आगामी आर्थिक वर्षको आय व्यय विवरण (बजेट) बारे सोमबार जानकारी दिएको छ । राष्ट्रप्रमुखलाई बजेटबारे अवगत गराउने परम्पराअनुसार यसपटक प्रधानमन्त्रीलाई जानकारी दिइएको हो । यसअघि (अघिल्लो वर्षबाहेक) दरबारमा गई राजालाई जानकारी दिने परम्परा थियो । गत वर्ष कसैलाई पनि जानकारी दिइएको थिएन...
गभर्नरविरुद्ध मुद्दाले वित्तीय क्षेत्र सुधार कार्यक्रममा प्रतिकूल असर पारेको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । 'जो मेहनत गरेर काम गरिरहेका छन् उनीहरूको मनोबल घट्न सक्छ,' अर्थमन्त्रीले शनिबार संवाददाताहरूस“ग भने । यो प्रकरणबाट आफू आर्श्चर्यमा परेको उनले बताए । भ्रष्टाचार भए/नभएको अदालतले हर्ेर्ने र सरकारको बा“की कारबाही कानुनबमोजिम हुने महतले बताए । राष्ट्र बैंकलाई सरकारको आर्थिक सल्लाहकारका रूपमा लिइन्छ...
बजेट तयारीमा व्यस्त अर्थमन्त्री डा. रामशरण महतले अनुत्पादनशील साधारण खर्चमा रकम दिन ठूलो दबाब आएको बताएका छन् । 'माग आएकामध्ये उपयुक्त रकम उपलब्ध गराउने हो भने पनि करिब २ खर्बको बजेट बनाउनुपर्ने हिसाब निस्क्यो,' उनले बुधबार कान्तिपुरसँग भने । बजेट दुई सातापछि प्रस्तुत हुनेछ । मन्त्रालय, जनप्रतिनिधि, स्थानीय निकायलगायत विभिन्न क्षेत्रबाट ठूलो माग आएको छ । उनले भने- 'मागअनुसार खर्चको भार देशले धान्न सक्दैन...
लडाकु रेखदेख तथा व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार अस्थायी शिविरभित्र रहेका नेकपा -माओवादी)सेनाका लडाकुलाई स्थानीय निर्माण समितिमार्फ तत्काल एक महिनाका लागि प्रतिव्यक्ति रु.तीन हजारका दरले भत्ता उपलब्ध गर्राई सबै शिविरका प्रत्येक लडाकुले भत्ता रकम बुझेको भरपाई समितिमा बुझाउने गरी समितिका सदस्य सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालाई पेस्कीस्वरुप रु.नौ करोड २५ लाख ५६ हजारको चेक हिजो हस्तान्तरण गरिएको छ...
श्रम सङ्गठनको विस्तारमा माओवादीले विशेष जोड दिन थालेपछि होटल व्यवस्थापन मजदुरहरूका पक्षमा निर्णय गर्न बाध्य भएको छ । जनआन्दोलन-२ पछि खुला राजनीतिमा आएका माओवादीले अन्य राजनीतिक दलका सङ्गठन कमजोर रहेका होटल व्यवसायमा आफ्नो सङ्गठन विस्तार शुरू गरेका छन् । माओवादी ट्रेड युनियन सक्रिय भएपछि अन्य राजनीतिक दल आवद्ध सङ्गठनहरूले पनि होटल मजदुरको हकमा आफ्ना कार्यक्रमहरू अघि सार्ने क्रम बढ्यो...
दशक लामो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण निकास सुरु भए पनि सन् २००६ पर्यटन उद्योगका लागि त्यति सुखद् हुन सकेन । शान्ति सम्झौताले आतिथ्य सत्कार उद्योगका लागि दरिलो आधार तयार भए पनि यो वर्ष पर्यटक वृद्धिदर भने २ प्रतिशतमा सीमित भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार यो वर्ष हवाई मार्ग भएर २ लाख ८३ हजार ५ सय १६ पर्यटक नेपाल आएका थिए । गत वर्ष यो संख्या २ लाख ७७ हजार १ सय २९ थियो ।
क्यान इन्फोटेक २००७ वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार सुरु भएको छ । आयोजकहरूले प्रदर्शनी 'नयाँ नेपाल' निर्माणका लागि सहयोगी हुने बताएका छन् । इन्फोटेक संयोजक सिएन उपाध्यायले मेलामा १ सय १५ कम्पनीले १ सय ७० स्टलमा विभिन्न नयाँ वस्तु तथा सेवा प्रदर्शन गरेको जानकारी दिए । मेलामा दुर्गम धौलागिरी क्षेत्रमा सूचना तथा संचार प्रविधि प्रयोग गर्दै आएको कम्पनी, ४ वटा विश्वविद्यालय र यो क्षेत्रको विकासमा संलग्न ४ संस्थालाई निःशुल्क स्टल दिइएको छ ।
चीनका स्टेट काउन्सिलर ताङ जियासुवाङको तीनदिने नेपाल भ्रमण नेपाल-चीन व्यापारका लागि भने लाभदायक भएको छ । चीनले नेपालमा उत्पादित 'अधिकांश वस्तु' बिनाभन्सार आयात गर्ने सम्झौता गरेर यो सुविधा दिएको हो । नेपाल सरकारले मध्यचीन, हङ्कङ् र तिब्बत निर्यात हुने एक हजार पाँच सय वस्तुका लागि भन्सार नलाग्ने सुविधा मागेकोमा 'अधिकांश वस्तु' लाई सहुलियत दिने सम्झौता भएको छ । तर, कुन-कुन वस्तु निर्यात गर्दा भन्सार नलाग्ने, सो प्रस्ट छैन ।