बिहवार २३ भाद २०६३  -  Thursday 09 September 2010

दशंन साहित्‍य

पशुपति क्षेत्र गुरुयोजना परिमार्जनको तयारी

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना परिमार्जन हुने भएको छ । पशुपति विकास क्ष्ाेत्रको योजनाबद्ध विकासका लागि ८ वर्षपछि गुरुयोजना परिमार्जनको तयारी भएको हो । नयाँ गुरुयोजनाले पशुपतिनाथ मन्दिरको आयस्रोत तथा भेटीलाई पारदर्शी र व्यवस्थित गर्नेछ । कोषका सदस्यसचिव निर्मल कुइँकेलले गुरुयोजना त्रुटिपूर्ण हुँदा कार्यान्वयनमा समस्या आएकाले परिमार्जन गर्न लागेको जानकारी दिए । 'त्रुटिपूर्ण छ भन्ने जान्दाजान्दै पनि कोषका अधिकारीहरूले जबर्जस्ती कार्यान्वयन गर्न खोजेका थिए,' नयाँ गुरुयोजना ल्याउनुको कारणबारे उनले भने- 'अब परिवर्तन गर्नका लागि स्थानीय विज्ञह रूसहितको सल्लाहमा काम सुरु गर्न लागेका हौं ।'

» प्रतिकृया

शास्त्रशिक्षा र सत्पात्र

यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः न स सिद्धिमवाप्नोति सुखं न परां गतिम् । गीता १६।२३ शास्त्रविधि अनुसार कार्याकार्यको ज्ञानको अभावमा आफूखुसी जे पनि बोल्ने जे मन लाग्छ त्यही गर्ने हो भने न कसैले सिद्धि पाउँछ, न त सुख हुन्छ, न यो लोक न परलोकमा परम गति प्राप्त हुन्छ । त्यसकारण शास्त्रसम्मत उल्लङ्घन गर्नाले त्यसको दूरगामी अशुभ असर नपरी छाड्दैन । शास्त्रको प्रत्यक्ष तथा परोक्ष अनि ठूलो महìव छ । 'शिष्यंते˜नेन शास्त्र' जसले ज्ञान दिन्छ, शिक्षा दिन्छ, सिकाउँछ, आज्ञा दिन्छ, त्यो आदेश निर्देश शास्त्र हो । धर्मशास्त्र, अर्थशास्त्र, विधि, नीति, नियम सबै मानवहितका

» प्रतिकृया

फ्रान्स नेपाल इन्फो वेब गुगल