बैतडी, चैत १ - नियमित प्रशिक्षण र प्रतियोगिता अभावमा सुुदूरपश्चिमेली भलिबल खेलाडी आपmना अन्तरनिहित प्रतिभा प्रस्प'mुटन गर्न सकिरहेका छैनन् ।
राष्ट्रिय रूपमै भलिबललाई सुुदूरपश्चिमको ऐतिहासिक खेलका रूपमा चिनाउन सफल खेलाडीसमेत पलायनतर्फ उन्मुुख भइराखेका छन् ।
नयाँ प्रतिभाहरूको खोजी गर्न कहलिएको वीरेन्द्र सिल्ड प्रतियोगिता नियमित नहुुनुु र क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा समेत कमी आइरहेकाले खेलाडी निराश बन्दै गइरहेका हुुन् ।
भलिबलमै समर्पित प्रतिभाहरू उदेकलाग्दो वातावरण देखेर पलायनको बाटो रोजिरहेका छन् । भलिबलका राष्ट्रिय खेलाडी ३६ वषर्ीय हरिसिंह रावल भन्छन्- 'भलिबलबाहेक अरू केही नजानेका हामी जस्ता खेलाडी प्रतियोगिता नै नभएपछि निस्सासिएका छौं ।'
एक डेड दशकअघिसम्म वाषिर्क ४-५ वटा अञ्चल, क्षेत्रीय प्रतियोगिता हुुने सुुदूरपश्चिममा अहिले जम्मा एउटा मात्रै प्रतियोगिता आयोजना हुुने गरेको छ ।
त्यतिखेर खेलकुुद परिषद् लगायत प्रहरी र संस्थानहरूले समेत आ-आपmनास्तरबाट त्यस्ता प्रतियोगिता आयोजना गर्थे तर अहिले शून्यकै स्थिति रहेको अन्तर्राष्ट्रिय खेलाडी तथा कञ्चनपुुरका भलिबल सहायक प्रशिक्षक जगदीश भट्ट बताउँछन् । 'वीरेन्द्र सिल्डसमेत अनियमित भएपछि खेलाडीकै खडेरी पर्ने स्थिति छ,' उनको गुुनासो छ ।
राष्ट्रिय खेलाडी तथा प्रहरी हवल्दार भानबहादुुर चन्दको स्मृतिमा तीन वर्षयता स्थानीयस्तरमा क्षेत्रीय प्रतियोगिताको सुुरुवात गरिएको छ । यो नै वाषिर्क रूपमा आयोजना
हुुने सुुदूरपश्चिमको भलिबल प्रतियोगिता हो ।
'यो प्रतियोगितामा समेत खेलकुुद विकास समितिले सहयोग गरेन र चन्दा उठाएर प्रतियोगिता सञ्चालन गनर्ुुपरेको,' १९८६ को सिओल एसियनका सहभागी एवं कैलाली प्रशिक्षक सहदेव भट्ट दुुखेसो पोख्छन्- 'यस्तो स्थितिले भलिबलको क्रेज घट्दै जाने निश्चित छ ।'
सुुदूरपश्चिम र त्यसमा पनि बैतडीमा भलिबल क्रेज लोभलाग्दो छ । भलिबल संघका सचिव एवं प्रशिक्षक हरिसिंह भण्डारीले बैतडीका कम्तीमा पनि एक सय खेलाडीले कुुनै न कुुनै टिममा समावेश भएर राष्ट्रियस्तरका प्रतियोगितमा सहभागी भइसकेको बताए । ०४५ सालमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको बैतडीले त्यसको १७ वर्षपछि मात्रै क्षेत्रीयस्तरको भानबहादुुर चन्द स्मृति भलिबल सञ्चालन गर्ने मौका पायो ।
'दर्शकको सक्रियताले भलिबलप्रतिको आकर्षण झल्किएको छ,' सफल आयोजक संस्थाका सचिव भण्डारी भन्छन्- 'यस्ता प्रतियोगिताको निरन्तरता जरुरी छ ।'
आर्थिक अभावले गर्दा नियमित प्रशिक्षणमा समेत खेलाडी भाग लिन सकिरहेका छैनन् । टीकापुुर घर भएका कैलालीका मुुख्य स्पाइकर विष्णुु भाट सदरमुुकाम धनगढीमा मात्रै प्रशिक्षणको व्यवस्था भएकाले टीकापुुरका खेलाडी प्रशिक्ष्ाणमा जहिले पनि छुुट्ने गरेको बताउँछन् । 'टिम गेम भएकाले टिममा अभ्यास गनर्ुु जरुरी छ तर हाम्रो भेट प्रतियोगितामा मात्रै हुुन्छ,' उनी निराशाको भावमा भन्छन्- 'त्यसो हुुँदा कसरी राम्रो खेलको आशा गर्न सकिन्छ र !
पहाडी जिल्लामा त प्रशिक्षक नियुुक्तसमेत छैनन् । बल र नेटसमेत खेलाडी स्वयंले किन्नुुपर्ने बाध्यता छ । सुुदूरपश्चिमको दाचर्ुुलामा प्रशिक्षक नै नहुुँदा सिनियर खेलाडी भोजराज जोशीले नै त्यो भूमिका निर्वाह गर्दै आएका छन् ।
'खेलाडी सुुरेश धामीसँग मेरो एक वर्षपछि भेट भयो । क्षेत्रीय प्रतियोगितामा तृतीय स्थान ल्याउन सफल जिल्लाका टोली नेता जोशीले भने- 'राष्ट्रिय खेलकुुद परिषद्ले यसतर्फ ध्यान नदिए यहाँका नयाँ पुुस्ताले भलिबल चिन्न छाड्नेछन् ।'
कान्तिपुर