बिहवार २३ भाद २०६३  -  Thursday 09 September 2010

शान्ति सम्झौताको स्वागत गर्दै फ्रान्समा बिजय उत्सवको आयोजना

नेपाल सरकार र नेकपा (माओवादी) बीच गत नोभेम्बर २१ तारिखका दिन सम्पन्न बृहत शान्ति सम्झौताले सम्पूर्ण नेपालीहरुमा झै  फ्रान्सबासी नेपालीहरु माझ पनि ठुलो उत्साह र उमंङ्गको संचार गरेको छ। यो सम्झौतालाई नयाँ नेपाल निर्माणको एक ऐतिहासिक घट्नाको रुपमा चित्रण गर्दै फ्रान्सका नेपालीहरुले प्यारिसमा शनिबार २५ नोभेम्बरका दिन स्याम्पेन खोलेर अबिरको रातो टिका निधारमा लगाउदै हर्षोल्लासका साथ बिजय उत्सव मनाए।
 
नेपालमा भएको राजनैतिक घटनालाइ संबेदनशिलताकासाथ लिदै अति ब्यस्थताका बाबजुद पनि स्वत-स्फुर्त ढङ्गले प्यारिसमा यसरी नेपालीहरु भेला भएको यो पहिलो पटक हो।

 "सरकार र माओवादी बीच यसरि समझदारी हुनु अत्यन्तै जरुरी थियो र अब यो ऐतिहासिक सम्झौतालाइ स्थाई शान्तिमा परिणत गर्दै मुलुकलाई लोकतन्त्र  तर्फ डोर्याउनको निमत्त प्रत्येक नेपालीले आ-आफ्नो ठाउबाट आवाज उठाउनु पर्छ", लोकतान्त्रिक मन्च फ्रान्सका अध्यक्ष अशोक न्यौपानेले बिजय उत्सवको यो समारोहलाइ सम्बोधन गर्ने क्रममा जोड दिदै भन्नु भयो ।
 
बृहत शान्ति सम्झौताको स्वागत गर्दै फ्रान्सबासी नेपालीहरुको तर्फबाट प्रेश विज्ञप्ती जारि गरिएको भोलि पल्ट बिजय उत्सवको यो कार्यक्रम लोकतान्त्रिक मन्च फ्रान्स, नेपाली सास्कृतिक गृह, जनप्रगतिशिल फोरुम र एन आर एन फ्रान्सको संयुक्त आह्वानमा आयोजना गरिएको थियो।









प्रतिकृया

 नाम - अनिवार्य
ईमेल - अनिवार्य [ गोप्य राखिने छ]

के तपाई नेपालीमा लेखन चाहानु हुन्छ ?  रोमन बाट युनिकोड | छहारी  | प्रीतिबाट युनिकोड
फ्रान्स नेपाल इन्फो वेब गुगल