नेवा: जागरण मन्च बोस्तन (USA)शाखा गठन हुने
राधिका सुवाल ,बोस्तन
यही आउने फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन हुने भएको छ।
बोस्तन (USA) र संसार भरिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय सित हातेमालो गरी ब्रिहत नेपाली समाजको हकहित , भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिमको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन गर्न खोजिएको कुरा भनिएको छ ।
उकत महिना बोस्तनमा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ / त्यस्तै संसारको बिभिन्न राष्ट्रहरुमा नेवा: जागरण मन्च धमाधम गठन हुने कार्य भईरहेको हुनाले नेवा:समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र नेपालको लागि केही सहयोग गरौ भन्ने भाबना बोकेका सम्पूर्ण नेवा: समुदायका दाजु भाई दिदी बहिनिहरुलाई पनि संपर्क गर्न अनुरोध गरिएको छ /