कतारमा नेपाली राजदूतावासलाइ ज्ञापन पत्र
मितिः ३० डिसेम्बर २००८<br>
श्रीमान् महामहिम राजदूत ज्यू
नेपाली राजदूतावास
दोहा कतार ।
विषयः ज्ञापन पत्र सम्बन्धमा । महोदयउपरोक्त सम्बन्धमा प्रवासी नेपाली सम्पर्क माच दोहा कतारको हालै सम्पन्न तेश्रो राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित केन्द्रिय समितिको निर्णयानुसार यस दूतावासको कार्य सम्पादनका सम्बन्धमा देखिएका नेपाली श्रमिकहरुको समस्या पहिचान र दिर्घकालिनरुपमा समधान गर्नु पर्ने जस्ता गम्भीर विषयहरुमा निम्नानुसारको सुझाव प्रस्तुत गर्न आवश्यक महसुस गरिएकोले जानकारीको लागि हार्दिक अनुरोध गर्दछौं ।
१। नेपाली श्रमीक सम्बन्धि दैनिक रुपमा आउने समस्याहरुलाई तरिकाबद्ध ढंगले प्रकि्रया पुराइ समाधान गरेको देखिएको छैन । राजदुतावासका अधिकारी समक्ष पुग्न सक्ने व्यक्तिले मात्र सेवा प्राप्त गरेको र अन्यले कतिपय अवस्थामा निराश हुनु परेको अवस्था समेत देखिन आएकोले श्रमीक डेस्कको छुट्टै व्यवस्था गरी प्रकि्रयागत ढंगले र सर्वसुलभ प्रकृया ले तमाम पिडित नेपाली श्रमीकहरुलाई सेवा प्रदान गर्नु पर्ने अवस्था रहेको छ । पिडीत नेपाली श्रमकिहरुले समस्यालाई राजदुतावासमा आधिकारीकरुपले दर्ता गराई सके पश्चात पनि आवेदनहरु फाईिलङ नहुनुले आवेदनहरु नै हराउने र पुन आवेदन दर्ता गराउनु पर्ने अवस्था समेत देखिएकोले समयमा नै पिडित व्यक्तीहरुले राहत नपाउने भएकोले हरेक समस्याहरुलाई दैनिकरुपमा दर्ता गराई प्राथमिकता र क्रम अनुसार समाधान गर्नु पर्ने उपयुक्त हुने कुरा यहा समक्ष जानकारी गराउन चाहन्छु ।
२। दूतावासको आश्रयस्थललाई एउटा मानवीय सहायताको नमूना बनेको मा प्रवासी नेपाली सम्पर्क माच दोहा कतार हार्दिक स्वागत गर्दछ । यद्यपी दूतावासको सभाहलमा फोहोर देखिने र दूर्गन्धित कपडा तथा जुत्ता चप्पलहरु यत्रतत्र छरेर राखिनुका साथै फोहोर किसंगर पनि उचित ढंगले व्यवस्थीत नहुनु जस्ता सम्वेदनशिल सवालहरुले दूतावासकै छवि मा समेत असर पर्न सक्ने कुरालाई मध्यनजर गर्दै पिडीतहरुको आश्रय स्थल अन्य स्थानमा उचितरुपले व्यवस्थापन गरी दूतावासको भवन र यसको सही व्यवस्थापन गर्दै हामी नेपालीहरुको प्रतिष्ठालाई विदेशी नागरिकको सामु उच्च राख्नु पर्ने प्रवासी नेपाली सम्पर्क माचको सुझाव रहेको छ ।
३। दूतावासमा कर्मचारीको संख्या अपुग हुदा दूतावासले प्रवाह गर्ने सेवा प्रभावित हुन पुगेको छ । त्यसर्थ यसका लागि नेपाल सरकारसंग पटक पटक पहल गर्दा समेत हालसम्म व्यवस्था हुन नसकेकोले पुन पहल गर्नु पर्ने आवश्यक रहेकोले अल्पकालीन समाधानको रुपमा राष्टिय स्तरका संघ संस्थाहरुसंग सहकार्य गरी निजीस्तरबाट एक कर्मचारीको थप व्यवस्था गर्नु उचित हुन्छ भन्ने प्रवासी नेपाली सम्पर्क माचको सुझाव रहेको छ ।
४। बर्तमान विश्व आर्थिक मन्दीको सन्दर्भमा कतारका ठूला ठूला प्रतिष्ठित कम्पनीहरुले कामदार कटौती गर्न थालेको अवस्था छ र कतिपय कामदार नेपाल फर्किने क्रम समेत शुरु भएको अवस्था छ । यस सन्दर्भमा दूतावासबाट कतार सरकारको सम्बन्धित निकायसंग आवश्यक समन्वय गरी विद्यमान कामदारको रोजगारीको सुरक्षा कायम गर्न तथा नया; कामदारको माग सम्बन्धमा सकारात्मक रहन समयमै पहल गर्नु पर्ने आवश्यक रहेको छ ।
५।भूमण्डलीकरणको वर्तमान परिवेशमा राजनीतिक भन्दा आर्थिक मामिलाहरुले प्राथमिकता पाईरहेको वर्तमान सन्दर्भमा आर्थिक कूटनीतिक विविध पहलुहरुका विषयमा समेत ध्यान दिनु पर्ने पर्यटन प्रवद्र्धन लगानी बैदेशिक सहायता बैदेशिक व्यापार विकासका लागि साझेदारी जस्ता गहन विषयहरुमा राज्यको कुटनितिक नियोगले ध्यान आवश्यक पहल गर्नु पर्ने प्रवासी नेपाली सम्पर्क माचको सुझाव छ ।
६। विशेष गरी अशिक्षित नेपाली श्रमीकहरुले बैदेशिक रोजगारीको शिलशिलामा मेनपायर कमपनीवाट नक्कली श्रम सम्झौता दिई अनावश्यक प्रलोभन देखाई ठुलो रकम असुली सम्बधिन्त व्यक्तीले यहा आएर कम्पनी फेला नपार्नु तोकिएको तलव सुविधा नपाउनु अलपत्र पर्नु जस्ता सम्बेदनशिल विषयहरुमा प्रवासी नेपाली सम्पर्क माच दोहा कतारको गम्भीर ध्यान आकर्षण भएको छ । साथै यस्ता कार्यहरु मेनपायर कमपनीवाट पठाईएको व्यक्तिहरुको मात्र नभएर व्यक्तिगत रुपमा निकालिएका भिषाहरुमा समेत समस्या उत्पन्न भएकोले सो सम्बन्धमा निगारानी राख्नको लागि नेपाल सरकारको ध्यान आकर्षण गराउदै तत्काल रोक्न राजदुतावासले पहल गर्नु पर्ने आवश्यक रहेको छ ।
७। नेपाली श्रमीकहरु बैदेशिक रोजगारीको शिलशिलामा कतार आउने क्रममा अर्कै व्यक्तिको नामवाट प्रवेश गर्ने क्रम वढि रहेको सन्दर्भमा त्यस प्रति प्रवासी नेपाली सम्पर्क माच दोहा कतारकॊ गम्भीररुपमा ध्यान आकर्षण भएको छ । कतारमा नेपालीहरुको अकालमा मृत्यू हुने खतराप्रती माच सजग रहन्दै नेपाल सरकारले तत्काल रोक्नु पर्ने साथै यस्ता गैरकानुनी र ठगी कार्यमा सम्लग्न सम्ब्न्धित सबै पक्षलाई कडाईका साथ कार्वाही गर्नु गर्ने प्रवासी नेपाली सम्पर्क माचको सुझाव रहेको छ ।
माथि उल्लिखित सुझावहरु कार्यन्वयनमा ल्याउने सन्दर्भमा दूतावासलाई आवश्यक पर्ने जुनसुकै सहयोगका लागि प्रवासी नेपाली सम्पर्क माच दोहा कतार सदैव तत्पर रहेको व्यहोरा समेत महाकहिम ज्यू समक्ष जानकारी गराउन चाहन्छौं । धन्यवाद
…………………
बीर बहादुर थापा
अध्यक्ष