-वेद प्रसाद खरेल
न्यूर्योक / संयुक्त राष्ट्रसंघको उपमहासचिवको पदबाट भर्खरै सेवा निवृत्त हुनुभएका डा. कुल चन्द्र गौतमलाई रिजउड नेपलिज सोर्साईटीले एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ । झण्डै १६ वर्षसम्म संयुक्त राष्ट्रसंघमा कार्यरत भई उपमहासचिव सम्म हुनुभएका गौतमनै विदेशमा बस्ने नेपालीहरुमा पहिलो व्यक्ति हुनुहुन्छ ।
नेपालीहरुको गौरवको रुपमा रहनुभएका गौतम सेवा निवृत्त भएपछि नेपाल फर्किने तयारीमा हुनुहुन्छ । यही अवसरमा अमेरीकाको न्यूर्योक राज्यमा रहेको रिजउड नेपलिज सोर्साईटिले उहांको विदाई कार्यक्रमको आयोजना गरेको छ । जनवरी १८का दिन आयोजित उक्त विदाई कार्यक्रमलाई संम्वोधन गर्दै श्री गौतमले भन्नुभयोूम नेपाल फर्किएर चालिस वर्षविदेशमा बसेको अनुभवलाई नेपालमा कसरी सदुपयोग गर्नसकिन्छ भन्ने कुरामा लाग्ने छु । देश अहिले नाजुक स्थितीमा छ तपाईहरुले आशा गरेजस्तै रुपमा केही गर्न सकेभने मैले गर्ने छु भन्दै आफू कुनै राजनितीक पार्टर्ीीा संगठनमा नलाग्ने र जागिरे पनि नहुने विश्वास दिलाउन चाहान्छु भन्नुभयो ।
विदेशमा बस्ने हामी नेपालीहरुको प्रमुख दायित्व आफ्नो देशलाई बनाउनु हो भन्दै उहांले जहां बसे पनि मातृभुमिलाई बिर्सिनुहुन्न भन्नुभयो ।
रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष मोहन ज्ञवालिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण नामलाल श्रेष्ठले गर्नुभएको थियो । रविकिरण कोईरालाद्धारा संचालित उक्त कार्यक्रममा डा. गौतमको व्यक्तित्व र उहांले अवका दिनमा नेपाल गएर निभाउने भूमिकाका बारेमा सोमनाथ घिमिरे,वंशलाल तामाङ्ग,मृदुला कोईराला,सरोज श्रेष्ठ,गौतम दाहाल, डा. अङ्गराज तिमल्सिना, वेद प्रसाद खरेल,डा। तारा निरौला,कानुन विद् खगेन्द्र जि.सी,आनन्द विष्टले प्रकास पार्नुभएको थियो । त्यसै गरि कार्यक्रममा सहदेव पौडेल .ले कविता वाचन गर्नूभएको थियो भने लक्ष्मि खड्काले धन्यवाद ज्ञ्ाापन गर्नुभएकको थियो ।
कार्यक्रमको अन्त्यमा रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष मोहन ज्ञवालिले नेपालीहरुको गौरवको रुपमा स्थापित हुनुभएको डा. गौतमको योगदान बाट हामीले शिक्षा लिई देशका लागीकेही गनर्ृर्ेेठोट गर्नुपर्छ भन्नुभएको थियो ।
२०६४ पौष ६