'चुनावको वातावरण बनाउ'
काठमाडौं, नेपाली कांग्रेस लोकतान्त्रिक गणराज्य अभियानले सात दलद्वारा संविधानसभाको मिति बारम्बार सारिएको र चैतमा गर्ने तत्परता नदेखाइएकामा गम्भीर चिन्ता प्रकट गरेकोे छ ।
अभियानको शुक्रबार राजधानीमा बसेको बैठकलेे बृहत्् जनआन्दोलन २०६३ ले प्रदान गरेको दायित्व बहन गर्ने क्रममा दलहरू आ-आफ््नै अडानमा अलमलिनाले उनीहरूमा सामूहिक जिम्मेवारीको बोध हुन नसकेको उल्लेख गरेको छ ।
अन्तरिम संसद्् कर्मशून्य र सरकार निरिह बन्न पुगेको टिप्पणी गर्दै अभियानले संकट समाधानका लागि विभिन्न दल र समूहस“ग सामूहिक संवाद गर्न सात दललाई आग्रहसमेत गरेको छ ।
अभियानका संयोजक नरहरि आचार्यद्वारा जारी विज्ञप्तिमा तत्काल राज्य पर्ुनर्संरचनासम्बन्धी आयोग गठन गर्न सरकारसित माग गर्दै कांग्रेस संघीयता र गणतन्त्रमा विधिवत प्रवेश गरिसकेको हु“दा यससम्बन्धी विषयमा कुनै दुविधा र अन्योलमा नरहन सबैको ध्यानाकर्षा गरिएको छ । अभियानले आगामी पुस १५ गते राजधानीमा कांग्रेसजनमाझ राज्य पर्ुनर्संरचनासम्बन्धी बृहत्् अर्न्तर्संवाद कार्यक्रम राखेको छ ।
साभार : कान्तिपुर, पौष ७ २०६४